Kathmandu Press

बाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले शपथ लिने, सानो आकारको मन्त्रिपरिषद् गठन हुँदै 

बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि सबै तयारी भइसकेको छ ।
बाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले शपथ लिने, सानो आकारको मन्त्रिपरिषद् गठन हुँदै 

काठमाडौं, पुस २६ : बाग्मती प्रदेशमा आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । मुख्यमन्त्रीसँगै दुई जना मन्त्रीले शपथ लिँदैछन् ।

बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि सबै तयारी भइसकेको छ ।

Hardik ivf

उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउने छन् । मुख्यमन्त्री जम्मकट्टेलसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गर्नेछन् ।

सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिने छन् ।

७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् । उनलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

प्रकाशित मिति: ०८:०० बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्