पाँच महिनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्
उनले एक मेडिकल अफिसर, तीन हेल्थ असिसटेन, दुई जना स्टाफ नर्स, पाँच जना ल्याब टेक्निसियन र दुई कार्यालय सहयोगीको महानगरपालिकाले साउनदेखि नै तलब नपठाकाले आफूहरूलाई ठूलो समस्या परेको बताइन्।
पर्सा, पुस २५ : धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन्।
वीरगञ्जको इनर्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन्।
हात खुट्टा कठयाङ्ग्रिने अहिलेको चिसोको बेलासमेत आमनेपालीको स्वास्थ्यलाई जोगाउन सीमा क्षेत्रमा चौविसै घण्टा खटिरेहका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पाँच महिनाभन्दा बढी समयदेखि तलब नदिएको हेल्थ डेक्स इन्र्चाज डा. अनिषा महतोले गुनासो गरिन्।
उनले एक मेडिकल अफिसर, तीन हेल्थ असिसटेन, दुई जना स्टाफ नर्स, पाँच जना ल्याब टेक्निसियन र दुई कार्यालय सहयोगीको महानगरपालिकाले साउनदेखि नै तलब नपठाकाले आफूहरूलाई ठूलो समस्या परेको बताइन्।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब सुविधा संघ सरकारले मधेस प्रदेश सरकारलाई पठाएको र प्रदेश सरकारले उक्त रकम महानगरपालिकालाई नपठाएकाले वितरण गर्न नसकिएको जानकारी दिए।
उनले प्रदेश सरकारको स्वास्थ्य सचिवलाई मौखिक तथा लिखित रुपमा तलब पठाउन पटकपटक आग्रह गर्दा हालसम्म कुनै सुनुवाइ नभएकाले समस्या देखिएको बताए।












