Kathmandu Press

मतदाता नामावाली संकलन माघ २ देखि हुने

निर्वाचन आयोगले माघ २ गतेदेखि नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको हो।
मतदाता नामावाली संकलन माघ २ देखि हुने

काठमाडौं, पुस २५ : मतदाता नामावली संकलन माघ २ गतेदेखि पनुः सुरु हुने भएको छ। निर्वाचन आयोगले माघ २ गतेदेखि नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको हो।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि गत साउन १९ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिकको काम स्थगित भएको थियो ।

आगामी माघ २ गतेदेखि ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि इनरोलमेन्ट प्रणाली (अनलाइन)बाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले जनाएको छ ।

बाहिरी जिल्लाका मतदाता नामावली संकलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित प्रि–इनरोलमेन्ट प्रणाली (अनलाइन) आवेदन गर्न सकिने आयोगले जनाएको छ।

विवाह वा बसाइँ सरेका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा विवाह दर्ता प्रमाणपत्र वा बसाइँ सराइँ दर्ता प्रमाणपत्रका आधारमा अनलाइन प्रणालीमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा आवेदन दिन सकिने आयोगले जनाएको छ।

 

प्रकाशित मिति: १९:२० बजे, सोमबार, पुस २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्