Kathmandu Press

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते बिहान ११ बजे बस्नेछ।
शोक प्रस्ताव पारित

काठमाडाैं, पुस २५ : प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ।

बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरुको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारणसमेत गरेको छ। श्रेष्ठ नेपाली कांग्रेसकातर्फबाट २०४८ मा गोरखाबाट एवं २०५६ मा राष्ट्रियसभामा निर्वाचित भएका थिए। श्रेष्ठको गत कात्तिक ६ गते ९४ वर्षको उमेरमा निधन भएको थियो। 

त्यस्तै नेकपा माओवादीबाट २०६४ मा ओखलढुङ्गा–२ बाट निर्वाचित ढुङ्गेलको ५३ वर्षको उमेरमा कात्तिक २२ गते निधन भएको थियो।

कांग्रेसबाट विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित आलेको ७२ वर्षको उमेरमा गत मङ्सिर ९ गते निधन भएको थियो। बैठकले उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: १७:२६ बजे, सोमबार, पुस २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्