Kathmandu Press

‘देश विकासको पहिलो आधार शिक्षा’  

‘देश विकासको पहिलो आधार शिक्षा’  

काभ्रे, पुस २५ : देश विकास पहिलो आधार नै शिक्षा रहेको बागती प्रदेश सभा सदस्यमा नवनिर्वाचित तिर्थ लामाले बताएका छन् । तेमाल गाउँपालिका वडा नं २, चुखा स्थित सर्वोद्वार माध्यमिक विद्यालयमा आयोजित विद्यँर्थीलाई न्यानो सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले देश विकासको लागि शिक्षा नै पहिलो आधार भएको शिक्षा क्षेत्रको विकासमा जोेड दिनुपर्ने बताएका हुन् । 

विगत ९ वर्षदेखि बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको सोसाइटी फर हर एजुकेसन नेपाल (सि नेपाल) ले आइतबार तेमाल–२ का पाँच वटा विद्यालयका ३ सय विद्यार्थीहरुलाई सामग्री वितरण गरेको थियो। विद्यार्थीहरुलाई सामग्री वितरण गर्दै, प्रदेश सभा सदस्य लामाले भने, ‘शिक्षा क्षेत्रमा देखिएको विभेदीकरण अन्त्य गर्न आवश्यक रहेको छ, शिक्षा निति समान हुनुपर्छ, जसले गर्दा मात्रै समाज र देशको विकास हुन्छ ।’ विकासको नाममा होडबाजी गर्दै प्रतिस्पर्धा गर्नुभन्दा शैक्षिक गुणस्तर बृद्धि गरेर विद्यार्थीहरुको भविष्य उज्जवल बनाउन उनले आग्रह गरे। 

Hardik ivf

चिसो बढ्दै गएकाले विद्यार्थीहरुलाई न्यानोको लागि जुत्ता, मोजा र सरसफाईका लागि साबुन, मन्जन र ब्रस वितरण गरिएको सि नेपालकी अध्यक्ष स्मिता लामाले जानकारी दिइन् । उनका अनुसार, अधिकांश ग्रामीण भेगका बालबालिकाले चप्पल मात्र लगाएर विद्यालय गएको देख्दै आएका थियौं, जाडो बढ्दै गएकाले उनीहरुलाई न्यानोको लागि जुत्ता र मोजाका साथै सरसफाईका लागि साबुन, मञ्जन र टुथ ब्रस वितरण गरेका हौं । आफूले शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकाले आगामी दिनमा पनि विद्यार्थीहरुलाई थप सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर लामाले शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताए । उनका अनुसार, विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नुको साथै विद्यालयका समस्याहरु समाधान गर्नका लागि पालिकाको ध्यानाकर्षण केन्द्रित भएको छ । 

विद्यार्थीलाई आधारभूत सामग्री वितरण गर्ने संस्था सि नेपाललाई धन्यवाद व्यक्त गर्दै सर्वोद्वार माध्यमिक विद्यँलयका प्रधानाध्यापक ज्ञान्जामान तामाङले विद्यालयलाई यस्तै साथ र सहयोगको आवश्यक रहेको बताए । उनका अनुसार, समग्र रुपमा विद्यालयको विकासका लागि स्थानीय, प्रदेश र केन्द्रिय सरकार र विभिन्न संघ संस्थाले सहयोग गर्ने अपेक्षा राखेका छौं । कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष देवराज लामा, समाजसेवी रामध्वज लामा, राम योञ्जन लगायले मन्तव्य राखेका थिए । 

कार्यक्रममा तेमाल गाउँपालिका वडा नं २ स्थित श्री सर्वोद्वार माध्यमिक विद्यालयमा रहेका १ सय ७० जना, सरस्वती प्राथमिक विद्यालयका १७ जना, श्री सुनकोशी प्रा।विका ५० जना, जनउद्वार प्रा।विका २५ जना र श्री बालकल्याण प्रा।विका ४० जना विद्यार्थीलाई आधारभूत सामग्री वितरण गरिएको थियो ।

प्रकाशित मिति: १२:१० बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्