माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान
आयोगले सोमबार विज्ञापन प्रकाशन गरेको हो । सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।
काठमाडौं, पुस २५ : शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय क्षेत्री शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ ।
आयोगले सोमबार विज्ञापन प्रकाशन गरेको हो । सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।
इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।
प्रकाशित मिति: ०८:०८ बजे, सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












