मकवानपुर जिल्लामा अवैधरूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द

बागमती, पुस २४ : मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आजदेखि बन्द गराइएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहका मकवानपुरका एक सय दुई क्रसर उद्योग बन्द गराइएको हो । सरकारले जारी गरेको मापदण्ड नपुगेपछि मकवानपुरका क्रसर उद्योग बन्द भएको उनले बताए।
गृह मञ्त्रालयले अवैध क्रसर बन्द गर्ने निर्देशन दिएपछि मकवानपुरमा मापदण्ड विपरीतका उद्योग बन्द भएको सो कार्यालयले जनाएको छ। गत बुधबार गृहमञ्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मकवानपुर जिल्लाभर रहेका अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको थियो।
सो निर्देशन दिए लगतै जिल्ला प्रशासन कार्यालय मकवानपुरको सरोकारवालासँग बसेको बैठकपश्चात मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द भएका हुन्।












