Kathmandu Press

भन्सार छली गरि ल्याइएका सात लाख बराबरको  सामान बरामद 

भन्सार छली गरि ल्याइएका सात लाख बराबरको  सामान बरामद 

काठमाडौं, पुस २४ : मोरङ प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइँदै गरिएको सामान बरामद गरेको छ ।

आइतबार भारतबाट नेपालतर्फ भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामान, कस्मेटिक सामान, जिउँदो माछा। बोईलर कुखुरा लगायतका सामाग्री जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । 

Hardik ivf

उक्त सामानको बजार मूल्य करिब सात लाख ३३  हजार  १८० रहेको प्रहरीले जानकारी दिएको छ ।  भन्सार छलेर ल्याइएका सामानहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय विराटनगर पठाइएको डीएसपी श्रेष्ठले बताए । त्यस्तै माछा र बोइलर कुखुरा भने नष्ट गरिएको उनले जानकारी दिए । 

 

प्रकाशित मिति: १७:०९ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्