Kathmandu Press

‘विइलिङ एयर इभ’ गाडीको मिडिया टेस्ट ड्राइभ

लामो समयदेखि चार पाङ्ग्रे सवारीसाधन बिक्रिवितरण गर्दै आइरहरेको इभी नेपाल मोटर्सले आफ्ना अत्याधिक सेवासुविधा दिलाउने उद्देश्यले मिडिया टेस्ट ड्राइभ गरेको जनाएको छ।
‘विइलिङ एयर इभ’ गाडीको मिडिया टेस्ट ड्राइभ

काठमाडौं, पुस २४ : इभी नेपाल मोटर्सले ‘विइलिङ एयर इभ’ गाडीको मिडिया टेस्ट ड्राइभ गरेको छ।

लामो समयदेखि चार पाङ्ग्रे सवारीसाधन बिक्रीवितरण गर्दै आइरहरेको इभी नेपाल मोटर्सले आफ्ना अत्यधिक सेवासुविधा दिलाउने उद्देश्यले मिडिया टेस्ट ड्राइभ गरेको जनाएको छ।

पीटी एसजीएमडब्लू मोटर इन्डोनेसियाअन्तर्गत विइलिङ्ग एअर इभ मिडिया टेष्ट ड्राइभ सम्पन्न समारोह सम्पन्न गरेको र इभी नेपालले उपलब्ध गराएका गाडीहरु विभिन्न मोडेल तथा ५ रंगहरुमा पनि उपलब्ध रहेको कम्पनीले इभी नेपाल मोटर्सका म्यानेजिङ डाइरेक्टर प्रकाश बज्राचार्यले जानकारी दिए।

२ सय देखि ३ सय किलोमिटर माइलेज, ४ घण्टा ब्याट्री चार्जिङ क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको यी गाडीहरु अब नेपालभरी नै बिक्रि वितरण गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। 

प्रकाशित मिति: १५:३७ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्