Kathmandu Press

बिपी र मदनभण्डारी राजमार्गको संगममा सुविधायुक्त बसपार्क निर्माण

निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिए।
बिपी र मदनभण्डारी राजमार्गको संगममा सुविधायुक्त बसपार्क निर्माण

सिन्धुली, पुस २३ : सिन्धुलीमा आधुनिक बसपार्क निर्माण गरिएको छ। कमलामाई नगरपालिका-९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण गरिएको हो। 

निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिए। 'बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेका छ, सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर फागुनसम्ममा नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरिहेका छौं,' उनले भने। 

Hardik ivf

बाग्मती प्रदेशको सहयोगमा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का प्रक्रियामार्फत बसपार्कको निर्माण कार्य अगाडि बढाइएको थियो। बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने ह्याङ्गर, यात्रु प्रतीक्षालय, टिकट काउन्टरसहितको तीन तलाको कार्यालय भवन, विश्वकर्मा बाबाको मन्दिर, सवारीसाधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण भइसकेको छ। एक सय ५० सवारीसाधन अटाउन सक्ने क्षमताको बसपार्क निर्माण गरिएको उनले बताए।

आधुनिक बसपार्क निर्माणको काम विकास एन्ड ब्रदर्स, जिएससी आत्रेय र श्रीकृष्ण जेभीले गरेका हुन्। बिपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गको सङ्गम भिमानमा बसपार्कको आवश्यकता थियो। यसको परिपूर्ति गर्न प्रदेश सरकाले बजेटको व्यवस्था गरेको हो। 

कार्यालय प्रमुख घिमिरेका अनुसार आव २०७७/७८ मा प्रदेश सरकारले रु एक करोड बजेट उपलब्ध गराएकामा रु ९८ लाख ९६ हजार २७ को निर्माण कार्य भएको थियो। आव २०७८/७९ मा रु तीन करोड ३० लाख रकम आएकामा रु तीन करोड १७ लाख ७२ हजार चार सय ६८ को निर्माण कार्य गरिएको थियो। 

आव २०७९/८० मा रु ३० लाख बजेटको काम भएसँगै निर्माणको सम्पूर्ण कार्य सकिएर बसपार्क सञ्चालनमा आउने छ। उक्त रकमले बसपार्कमा बगैंचा बनाइने, इनार खनेर पानीको व्यवस्था गरिने र चौबिसै घण्टा बल्न सक्ने क्षमताको सौर्य बत्ती जडान गरिने लगायतका छुटेका निर्माण कार्य सक्ने योजना रहेको उनको भनाइ छ। 

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्