Kathmandu Press

‘पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र फर्किँदैन’

‘पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र फर्किँदैन’

काठमाडाैं, पुस २३ : नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र नफर्किने बताएका छन्। शनिबार बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायण शाहलाई सम्मान दिदैंमा राजतन्त्र नफर्कने स्पष्ट पारेका हुन्।

उनले राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुष २७ मा राष्ट्रिय बिदाको माग गरेकाले सरकारले दिए कुनै फरक नपर्ने धारणा राखेका छन्।

‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो। त्यो सरकारले दिए हुन्छ।’ बास्कोटाले ट्विटरमा लेखेका छन्, ‘यहाँ उस्तै परे फेवररी १४ (भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ। उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन, उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होइन।’

सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन ९पृथ्वीनारायण शाहको जन्मदिन०, पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख गरेको छ।

 

प्रकाशित मिति: ११:०७ बजे, शनिबार, पुस २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्