Kathmandu Press

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

काठमाडाैं, पुस २२ : सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम् कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिमरुप दिएको हो ।

कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए। शनिबार बस्ने शीर्ष नेताको बैठकले टुङ्ग्याएपछि सार्वजनिक हुने उनको भनाइ छ ।

सबै क्षेत्रलाई समेटेर जनतालाई परिवर्ततको प्रत्यक्ष आभाष दिलाउने, विकासको अनुभूति दिने कार्यक्रम प्रस्ताव गरिएको उनले जानकारी दिए। 'जनतालाई खुसी बनाउने कार्यक्रम आउँछ,' महामन्त्री ढकालले भने।

सत्ता साझेदार दलले सरकारलाई प्रभावकारी बनाउन न्यूनतम् साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्शेर राणालगायत छन।

प्रकाशित मिति: २०:४२ बजे, शुक्रबार, पुस २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्