Kathmandu Press

दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित

दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित

काठमाडाैं, पुस २२ : नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सांसद बरालीलाई सम्मान गरे। लामो समयदेखि दलित समुदायको मुक्तिका निम्ति सङ्घर्ष गरेका सांसद बराली नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक सांसदमा निर्वाचित भएका हुन। प्रतिष्ठानका अध्यक्षसमेत रहेका सांसद बरालीले नेपाली साहित्यको क्षेत्रसमेतमा सक्रिय छन।

सोही अवसरमा प्रदेश प्रमुख परियारले सामाज रुपान्तरणको निम्ति दलित समुदायको मुद्दा राज्य र समाजको साझा मुद्दा बन्नुपर्ने धाराणा राखे। प्रतिष्ठानका उपाध्यक्ष तथा दलित अधिकारकर्मी मोतिलाल नेपालीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालगायत राज्यका हरेक संरचनामा दलित समुदायको समाज सहभागिताको माग गरे। हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट संंसद्मा समानुपातिकमा १५ जना र प्रत्यक्षमा एक जना गरी दलित समुदायबाट १६ जनाको प्रतिनिधित्व भएको छ ।

प्रतिनिधसभामा जम्मा सांसदको सङ्ख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी कूल जनसङ्ख्याको १४ प्रतिशत अर्थात १६ जना सांसदको उपस्थिती रहेको छ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकमा २८ जना सांसद निर्वाचित भएका छन् ।

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्