पुस २८ भित्र मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान
मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् ।काठमाडौं, पुस २२ : मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मिश्रले दलहरुलाई पुस २८ गतेसम्मको समय दिएर सरकार गठनको आह्वान गरेका हुन् ।
मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले प्रदेश प्रमुख मिश्रले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९/९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १/१ र पाँच स्वतन्त्र सांसद छन् ।
प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्तसोमबार, मंसिर १०, २०८१
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१