एमालेको प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भण्डारी

काठमाडाैं, पुस २१ : नेकपा (एमाले) प्रदेश नं १ को प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन भएका छन् ।
संसदीय दलको आज बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो । नवनियुक्त प्रमुख सचेतक सुनसरी निर्वाचन क्षेत्र नं २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य छन् ।
प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी कुल ४० सदस्य छन्।
प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










