२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, पुस २१ : सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय कायम भएको छ।
अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ सय छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार चार सय थियो।
प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












