Kathmandu Press

होटल व्यवसायी महासंघको अध्यक्षमा चुके

बुधबार साँझ सम्पन्न महासङ्घको चौँथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन भएका हुन्। 
होटल व्यवसायी महासंघको अध्यक्षमा चुके

चितवन, पुस २१ : होटल व्यवसायी महासङ्घको अध्यक्षमा दिनेशकुमार चुके चयन भएका छन्। बुधबार साँझ सम्पन्न महासङ्घको चौँथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन भएका हुन्। 

महाधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ। महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा (शेरु), उपाध्यक्षमा (प्रशासन/संगठन) तर्फ वीरमञ्जन बटाला, पर्यटनतर्फ सन्तोष उप्रेती, खुलातर्फ भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की, देवी गौतम र महिलातर्फ धनादेवी चोखाल चयन भएका छन्।

Hardik ivf

महासचिवमा तुल्सीराम भण्डारी, उपमहासचिवमा राजेश महोत्रा क्षेत्री, सचिवमा राजु अधिकारी, कलमबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन वली र मित्रप्रसाद ढकाल चयन हुनुभएको हो। कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ। 

नव निर्वाचित अध्यक्ष चुकेले आफ्नो कार्यकालमा थला परेको होटल व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन काम गर्ने बताए।

उनले हेटाैंडामा महासंघको भवन निर्माण गर्ने, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग उद्योगसरह ब्याज छुटको माग गर्ने, भाडाकोस्थलमा परियोजना कर्जा दिलाउन आवश्यक पहल गर्ने, आन्तरिक पर्यटक प्रवद्र्धनका लागि छुटको कार्यक्रम ल्याउने बताउनुभयो। महाधिवेशनमा देशभरबाट सात सय भन्दा बढी प्रतिनिधि सहभागी थिए।

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्