Kathmandu Press

अनुकूलन कोषको बोर्ड सदस्यमा उपसचिव शर्मा चयन

उपसचिव शर्मा दुई वर्ष (सन् २०२३ र २०२४) का लागि सो पदमा चयन भएका हुन्।
अनुकूलन कोषको बोर्ड सदस्यमा उपसचिव शर्मा चयन

काठमाडाैं, पुस २१ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिअन्तर्गतको अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चयन भएका छन्।

मन्त्रालयको सिफारिसमा उहाँ अतिकम विकसित राष्ट्रको समूह (एलडिसिज ग्रुप) का तर्फबाट अनुकूलन कोषको बोर्ड सदस्यमा छनोट भएको मन्त्रालयले जनाएको छ।

Hardik ivf

कोषमा अन्य विभिन्न समूहका गरी करिब २० पदाधिकारी रहन्छन्। उपसचिव शर्मा दुई वर्ष (सन् २०२३ र २०२४) का लागि सो पदमा चयन भएका हुन्।

उक्त पदमा विभिन्न मुलुकबाट विभिन्न व्यक्तिले आवेदन दिएका थिए। कोषको बोर्ड सदस्यमा उनी एलडिसिज ग्रुपका तर्फबाट चयन भएपनि नेपाललाई उक्त कोषको नीति निर्माणमा पहुँच र सहयोग प्राप्तिमा योगदान पुग्ने विश्वास गरिएको छ।

नेपाल पक्ष राष्ट्र भएको जलवायु परिवर्तनसम्बन्धी महासन्धिको सदस्यका रुपमा काम गर्दै आएको छ। यस महासन्धिअन्तर्गत विभिन्न निकाय छन्।

त्यसमध्ये अनुकूलन कोष महत्वपूर्ण एकाइ हो। कोषले जलवायु परिवर्तनका असरबाट प्रभावित गरिब र सङ्कटासन्न अवस्थामा रहेका जनतालाई अनुकूलन कार्यमा सहयोग गर्ने गर्छ।

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्