Kathmandu Press

सुधारको पहल नगरे अर्थतन्त्र सङ्कटमा फस्छ : उपसभापति गुरुङ

सुधारको पहल नगरे अर्थतन्त्र सङ्कटमा फस्छ : उपसभापति गुरुङ
Hardik ivf

सुरुङ्गा, पुस २० : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताएका छन। झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्दै उनले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन नसक्दा देश दिनानुदिन आर्थिक सङ्कटतर्फ धकेलिएको बताए।

नेता गुरुङले जनता र देशका लागि काम गर्ने नेताको अभावमा मुलुकले अनेकौँ समस्या झेलिरहेको बताए। एक फरक प्रसङ्गमा उपसभापति गुरुङले सत्ता प्राप्तिको खेलले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको तर्क गरे। ठूलो शक्तिलाई पाखा लगाएर बनाइएको यो सरकार धेरै दिन नटिक्ने उनको टिप्पणी थियो । उनले मुलुकको मियो नै कांग्रेस भएको बताउँदै कांग्रेसबिनाको सरकार कल्पनासमेत गर्न नसकिने धारणा राखे।

प्रकाशित मिति: १९:०० बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्