Kathmandu Press

आपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका १५ जना पक्राउ 

आपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका १५ जना पक्राउ 

काठमाडौं, पुस २० : काठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ। काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा काठमाडौँ जिल्ला अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि  अदालत पेस गरिएको जानकारी दिए। अदालतले पक्राउ परेकालार्ई चार वर्ष ११ महिना २८ दिन कैद र ३७ लाख ९० हजार सात सय ३१ जरिवाना असुल गर्न आदेश दिएको थियो।

Hardik ivf

मङ्गलबारै प्रहरीले विसं २०५० साउन ११ गते लागुऔषध मुद्दामा अदालतबाट चार वर्ष ११ महिना १९ दिन कैद र रु पाँच हजार जरिवाना भएपछि फरार काठमाडौँ मैतीदेवीका ५९ वर्षीय श्यामकृष्ण शाहीलाई १९ वर्षपछि पक्राउ गरेको थियोे । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरिएको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति: १०:३० बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्