Kathmandu Press

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौंं, पुस १९ : राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टे«डर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ । 

विभागले ६ करोड १७ लाख ९२ हजार पाँच सय ७९ रुपैयाँ बराबरको बिगो र  ६ करोड १७ लाख ९२ हजार पाँच सय ७९ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । 

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, पुस १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्