Kathmandu Press

विकास खर्च बढाउन परिसङ्घको आग्रह

विकास खर्च बढाउन परिसङ्घको आग्रह

काठमाडौं, पुुस १९ : नेपाल उद्योग परिसङ्घले नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरी विकास खर्च बढाउन आग्रह गरेको छ ।

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाएर आर्थिक क्षेत्रको उन्नयनमा लाग्नुपर्नेमा जोड दिएका हुन् । परिसङ्घका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै यस क्षेत्रमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको बताए। 

Hardik ivf

पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनको भनाइ थियो । अध्यक्ष अग्रवालले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न एवम् बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए। 

उनले सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनु पर्ने स्पष्ट कदमसहितको अवधारणा उपप्रधानमन्त्री श्रेष्ठलाई पेस गरे। परिसङ्घले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता सङ्कट तथा उच्च ब्याजदर), औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ।

परिसङ्घको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसङ्घको सुझाव महत्वपूर्ण रहेको बताए । उनले समस्याको समाधान गर्दै अगाडि बढ्ने बताए। ‘जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्याउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रिया अगाडि बढ्नेछौँ,’ उनले भने । 

प्रकाशित मिति: १७:१२ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्