Kathmandu Press

भूकम्प सुरक्षा दिवस मूल समारोह काठमाडौं महानगरमा मनाउने निर्णय

गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा हिजो गृह मन्त्रालयमा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यो निर्णय गरेको हो ।
भूकम्प सुरक्षा दिवस मूल समारोह काठमाडौं महानगरमा मनाउने निर्णय
Hardik ivf

काठमाडौं, पुस १९ : २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाण्डौ महानगरपालिकामा गर्ने निर्णय भएको छ ।

गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा हिजो गृह मन्त्रालयमा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यो निर्णय गरेको हो । यसपटक दिवस मूल समारोह समितिको सभापति काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह रहने र प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।  

यसैगरी सङ्घ, प्रदेश, जिल्ला प्रशासन कार्यालय, सबै पालिकालाई समेत दिवस मनाउन पत्राचार गर्ने निर्णय भएको छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति: ०७:५० बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्