राजदूत अधिकारीले भेटे पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सहायक
भेटमा नेपाल–पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध र यसको ऐतिहासिक विकासबारे छलफल भएको जनाइएको छ।सो क्रममा सार्कका विषयमा पनि छलफल भएको जनाइएको छ।
काठमाडौं, पुस १८ : पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफका विदेश मामिला सहायक सैयद तारिक फातेमीलाई भेटेका छन्।
उनीहरूबीच आज (सोमबार) इस्लामाबादस्थित कार्यालयमा भेट भएको हो।
भेटमा नेपाल–पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध र यसको ऐतिहासिक विकासबारे छलफल भएको जनाइएको छ।सो क्रममा सार्कका विषयमा पनि छलफल भएको जनाइएको छ।
त्यसक्रममा दुवैजनाले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए।
फातेमीले अन्तिम समयमा आएर इस्लामाबादमा हुने भनिएको सार्क सम्मेलन रोकिएकोमा दुःख प्रकट गरेको बताइएको छ।
प्रकाशित मिति: १७:२९ बजे, सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












