Kathmandu Press

नर्भिक अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु

अस्पतालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको सफलतापूर्वक मृगौलाको प्रत्यारोपण सम्पन्न गरिएको जनाएको हो।
नर्भिक अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु

काठमाडौं, पुस १८ :  काठमाडौंको नर्भिक अस्पतालले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ।

अस्पतालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको सफलतापूर्वक मृगौलाको प्रत्यारोपण सम्पन्न गरिएको जनाएको हो।

आगामी दिनमा उक्त सेवालई विस्तार गर्दै लगिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले जानकारी दिए।

उनले मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको हो भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको बताए।

अस्पतालले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको जनाएको मिश्रले जानकारी दिए।

प्रकाशित मिति: १६:१० बजे, सोमबार, पुस १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्