निजी उद्योगीले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता
डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फिर्ता भएको हो ।
काठमाडौं, पुस १८ : केही निजी डेरी उद्योगीहरुले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता भएको छ ।
डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फिर्ता भएको हो । सरोकारवाला निकायसँग छलफल गरी बढेको मूल्य तत्काललाई स्थगित गरिएको राष्ट्रिय दुुग्ध विकास बोर्डले जनाएको छ ।
राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले हरेक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले दूधको मूल्य तोकेको थियो ।
केही निजी डेरी उद्योगीले आफूखुशी मूल्य बढाएपछि चौतर्फी विरोध हुँदै आएको थियो ।
प्रकाशित मिति: ०८:०३ बजे, सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












