Kathmandu Press

प्रदेश १ काे दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन सुरु

प्रदेश १ काे दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन सुरु

विराटनगर, पुस १७ : प्रदेश नं १ को दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन आजदेखि प्रारम्भ भएको छ । पहिलो बैठकमा बैठक सञ्चालन गर्न बनेको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रदेशसभा सदस्य भीम पराजुलीले प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावको समर्थक सदस्य लिलाबल्लभ अधिकारीले गरेका थिए।

प्रदेश नं १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७९ सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पेस गरेका थिए।

बैठकको प्रारम्भ ज्येष्ठ सदस्य एवं सभाध्यक्ष गयानन्द मण्डलले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेका थिए। बैठकमा प्रदेश सरकारका बहालमै रहेका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको गत कात्तिक २३ गते असामयिक निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिनुका साथै शहीद र मन्त्रीको सम्मानमा एक मिनेट मौणधारण गरिएको थियो ।

प्रदेशसभाको अर्को बैठक यही पुस २५ गते दिनको १ बजे बस्ने ज्येष्ठ सदस्य मण्डलले जानकारी दिए।

प्रकाशित मिति: १९:०४ बजे, आइतबार, पुस १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्