Kathmandu Press

चोरीको मोटरसाइकलसहित तीन युवक पक्राउ 

चोरीको मोटरसाइकलसहित तीन युवक पक्राउ 

काठमाडौं, पुस १७ : मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने तीन युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्लाको धनपालथान गाउँपालिका–७ का २१ वर्षीय रवीन राजबंशी, बुढिगंगा गाउँपालिका–७ का २५ वर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका–११ का २१ वर्षीय विकेश खवास रहेका छन् । 

Hardik ivf

उनीहरुलाई आइतबार चोरीको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टिका बहादुर कार्कीले जानकारी दिए । 

सो समूहले गत पुस १४ गते विराटनगर महानगरपालिका–९ स्थित ठाकुरबाडी रोडबाट ०१–०२–०४२ प ३७७७ नम्बरको पल्सर एनएस मोटरसाइकल चोरी गरेको डीएसपी कार्कीले जानकारी दिए । 

पक्राउ परेका तीनै जना विरुद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: १७:४० बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्