Kathmandu Press

लघुवित्तको खारेजी माग गर्दै उदयपुरको बेलाकामा आन्दोलन

उनीहरुले आइतबार विभिन्न प्लेकार्ड बोकेर नाराजुलुस सहित नगरपालिका पुगेर ज्ञापन पत्र बुझाउदै लघुबित्त बितिय संस्थाहरुको खरेजीको माग राखेका हुन्।  
लघुवित्तको खारेजी माग गर्दै उदयपुरको बेलाकामा आन्दोलन

उदयपुर, पुस १७ : उदयपुरको बेलाका नगरपालिकामा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरुको खारेजीको माग गर्दै स्थानीयले आन्दोलन गरेका छन्।

उनीहरुले आइतबार विभिन्न प्लेकार्ड बोकेर नाराजुलुस सहित नगरपालिका पुगेर ज्ञापन पत्र बुझाउदै लघुबित्त बितिय संस्थाहरुको खरेजीको माग राखेका हुन्।  

प्रदर्शनमा सहभागीहरुले गलत ढंगबाट बचत गराउने गरेको र आफ्नै पैसा पुनः आफूहरुलाई नै चर्को रुपमा लगानी लगाएर ब्याज लिने गरेको आरोप लगाएका छन्।

उनीहरुले आफुहरुलाई कर्जा चुक्त गर्न नसके मर्न वा शरीर बेचेरै भए पनि कर्जा तिर्न धम्की दिने गरेकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन्।

बेलका नगरपालिकाको विभिन्न वडाका साथै श्रीलंका टप्पु बासी महिला पुरुषले संयुक्त रुपमा संघर्ष समिती निर्माण गरि आन्दोलन सुरु गरेका छन्। 

प्रकाशित मिति: १७:२० बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्