Kathmandu Press

जनमत पार्टीको संसदीय दलको नेतामा यादव चयन

पार्टी अध्यक्ष सिके राउतले प्रदेशसभाको संसदीय दलको नेतामा सप्तरी क्षेत्र नं २ प्रदेशसभा २ बाट निर्वाचित यादवलाई चयन गरेका हुन्।
जनमत पार्टीको संसदीय दलको नेतामा यादव चयन

धनुषा, पुस १७ : जनमत पार्टीले मधेस प्रदेशसभाको संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन भएका छन्।

पार्टी अध्यक्ष सिके राउतले प्रदेशसभाको संसदीय दलको नेतामा सप्तरी क्षेत्र नं २ प्रदेशसभा २ बाट निर्वाचित यादवलाई चयन गरेका हुन्। संसदीय दलको बैठकले दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई दिने निर्णय गरेको थियो ।

यस्तै प्रदेशसभाको सचेतकमा चन्दन सिंहलाई चयन भएका छन्।

मधेस प्रदेशसभामा १३ सिटसहित ठूलो दल बनेको जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायतका नेताहरू आकांक्षी थिए।

 

प्रकाशित मिति: ०६:४५ बजे, आइतबार, पुस १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्