नेपालगन्जमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
नेपालगन्ज, पुस १७ : ट्रकको ठक्करबाट बाँकेको नेपालगन्ज आज (शनिबार) एकजनाको मृत्यु भएको छ।
नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १६:२१ बजे, शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












