Kathmandu Press

पत्रकारका लागि अक्षयकोष स्थापना

स्व. भट्टराईका श्रीमती, छोराछोरी, बुहारीले उनको स्मृति दिवसका दिन आज रु एक लाख १० हजारको अक्षयकोषको रकम हस्तान्तरण गरेको नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताए।
पत्रकारका लागि अक्षयकोष स्थापना

डुम्रे, पुस १६ :  पत्रकारिता क्षेत्रमा टिकाइरहनका लागि अक्षयकोष स्थापना गरिएको छ। सब इञ्जिनियर स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उनको परिवारले अक्षयकोष स्थापना गरेका छन्। 

स्व. भट्टराईका श्रीमती, छोराछोरी, बुहारीले उनको स्मृति दिवसका दिन आज रु एक लाख १० हजारको अक्षयकोषको रकम हस्तान्तरण गरेको नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताए।

पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिकरुपमा पुरस्कार प्रदान गर्नेगरी अक्षयकोष स्थापना गरिएको उहाँका छोरा सुमन भट्टराईले बताए। 

'बुवा समाजसेवामा आबद्ध रहनुभएकाले पत्रकार पनि समाजको आँखा हो, समाजको आँखा मानिएका पत्रकारलाई बुवाको स्मृतिमा सम्मान गर्न र उनीहरुलाई प्रोत्साहनमा सहयोग गर्न अक्षयकोष स्थापना गरेका हौँ', सुमनले भने। 

नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य प्रदीप काफ्लेले पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने बताए।

यसले पत्रकारलाई खोजी र तथ्यपरक समाचार सङ्कलनतर्फ सचेत गराउनुका साथै सत्य समाचार लेख्न सहयोगी सिद्ध हुने उनको भनाइ छ। नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीले निराशा छाउने अवस्थामा पुगेका पत्रकारलाई पुरस्कारले यस क्षेत्रमा रहन प्रेरित गर्ने बताए। 

प्रकाशित मिति: १३:२४ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्