Kathmandu Press

काठमाडौंबाट आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ पक्राउ

काठमाडौं प्रहरीले चालू आव २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको हो।
काठमाडौंबाट आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ पक्राउ

काठमाडौं, पुस १६ : जिल्ला प्रहरी परिसर काठमाडौंले ६ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले चालू आव २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको हो।

Hardik ivf

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए। 

पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना छ दिन कैद र रु दुई करोड ९४ लाख ४९ हजार सात सय ५६ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताए। 

प्रकाशित मिति: १३:१४ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्