Kathmandu Press

त्रिविमा भाेलिदेखि हिउँदे बिदा

त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही भाेलि (पुस १७ गते आइतबार) देखि हिउँदे बिदा गर्न थालेको हो। 
त्रिविमा भाेलिदेखि हिउँदे बिदा

काठमाडाैं, पुस १६ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ।

त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही भाेलि (पुस १७ गते आइतबार) देखि हिउँदे बिदा गर्न थालेको हो। 

त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए। 

उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताउनुभयो । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्।

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। 

प्रकाशित मिति: १३:१२ बजे, शनिबार, पुस १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्