Kathmandu Press

जमुनाह नाकामा कडाई

भारतबाट नेपाल आएकी एक महिलामा कोरोना संक्रमण देखिएपछि जमुनाह नाकामा नाकामा सतर्कता अपनाउन थालिएको हो।
जमुनाह नाकामा कडाई

बाँके, पुस १६ : भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि नेपालगञ्जस्थित जमुनाहा नाकामा कडाइ गरिएको छ। कोरोना संक्रमण फैलिन नदिन परीक्षणमा कडाइ गरिएको हो।

भारतबाट नेपाल आएकी एक महिलामा कोरोना संक्रमण देखिएपछि जमुनाह नाकामा नाकामा सतर्कता अपनाउन थालिएको हो।

Hardik ivf

कोरोना संक्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना संक्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको हो।

अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ।

नेपालगञ्जस्थित जमुनाह नाकामा बिहीबारदेखि कोरोना जाँच सुरु गरिएको छ।

प्रकाशित मिति: १२:०१ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्