Kathmandu Press

‘नेपाली पत्रकारिता समग्रतामा सन्तोषजनक छ’

‘नेपाली पत्रकारिता समग्रतामा सन्तोषजनक छ’

काठमाडाैं, पुस १५ : मुलुकका वरिष्ठ पत्रकारले नेपाली पत्रकारिता क्षेत्रमा केही कमीकमजोरी र असङ्गति देखिए पनि समग्रतामा भने सन्तोषजनक ढङ्गबाटै अघि बढिरहेको बताएका छन।

नेपाल पत्रकार महाङ्घ र मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित सञ्चार गृह र पत्रकारिताका अवसर एवं चूनौति विषयक कार्यक्रममा उनीहरूले पत्रकारिता क्षेत्रले सुविधा र आकर्षणका नाममा बन्दनलाई स्वीकार्न नहुँने सुझाव दिए।

Hardik ivf

सो अवसरमा वरिष्ठपत्रकार राजेन्द्र दाहालले अरु पेशा व्यवसायको तुलनामा पत्रकारिता क्षेत्रको दायित्व र धर्म फरक भएकाले यस विधाको मर्म, चिन्तन, मनन् र चूनौतिबारे नयाँ पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए। उनले भने, 'पत्रकारिताको स्वाभिमान र गर्व गर्ने पक्ष पछिल्ला समयमा कमजोर भएको छ, तर समग्रमा बर्वाद् भने भएको छैन।'

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले अरुमा भरपर्दा आफ्नो पहिचान नै खतम हुने भएकाले देशको पत्रकारिता क्षेत्रमा देखिएका सकारात्मक र नकारात्मक पक्षलाई समन्वय गरी सल्लाह एवं सुझावका आधारमा आगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।

महासङ्घका केन्द्रीय सदस्य बवीन शर्माले पत्रकारिताको पाठकले सामाजिक सञ्जाल र पत्रकारिताबीचको फरक छुट्याउन सके अहिले देखिएको विकृति र विसङ्गति स्वतः हटेर जाने विश्वास व्यक्त गरे।

वरिष्ठ पत्रकार टङ्क पन्तले पछिल्लो समय सञ्चारकर्ममा लागेकाबाट मेहनत कम र श्रोतको पुष्ट्याई नहुँदा आएका समाचारको विश्वासनीयता र गुणस्तरमा प्रश्न खडा भइरहेको धारणा राखे।

आयोजक संस्था सञ्चार प्रतिष्ठानका अध्यक्ष मीना शर्मा प्रतिष्ठानले विगत २३ वर्षदेखि मानवअधिकार, महिला र बालअधिकारको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए। प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा पुगेर पत्रकारिता क्षेत्रको अवसर र चूनौतिबारे स्वयम् पत्रकारको बुझाइबारे प्राप्त धारणा सो अवसरमा प्रस्तुत गरियो ।

प्रकाशित मिति: १९:५५ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्