उदयपुरको चौदण्डीगढी २ को वडा भवन शिलान्यास
विगतमा केही समस्याका कारण भवन निर्माण हुन नसक्दा चौदण्डीगढी नगरपालिका वडा नं २ को कार्यालय भाडाको भवनबाट संचालन हुँदै आएको थियो।
उदयपुर, पुस १५ : उदयपुरको चौदण्डीगढी नगरपालिका २ को वडा भवनको शिलान्यास गरिएको छ। शुक्रबार नगरपालिकाका नगरप्रमुख कालुमान लामाले भवनको शिलान्याश गरेका हुन्।
विगतमा केही समस्याका कारण भवन निर्माण हुन नसक्दा चौदण्डीगढी नगरपालिका वडा नं २ को कार्यालय भाडाको भवनबाट संचालन हुँदै आएको थियो।
विगतमा देखिएको समस्या समाधान भए संगै नगरले ३८ लाख ८० रुपैया बिनियोजन गरेर वडा भवन निर्माण गर्न लागेको हो।

नगरले बिनियोजन गरेको रकमबाट ३४ लाख ५४ हजार रुपैयामा काम सम्पन्न गर्ने गरी शिवशक्ती निर्माण सेवाले कामको जिम्मा लिइएको छ।
यस्तै शुक्रबार नै नगर प्रमुख कालुमान लामाले वडा नं ३ स्थित भोर्लेनी कुसुमचौरी बिचमा पर्ने करन्जे खोलामा आरसिसी बक्स कलभर्टको समेत शिलान्याश गर्नु भएको छ।
मु.अ. कर समेत गरी कुल ३० लाख ४५ हजार ७४० रुपैयामा काम सम्पन्न गर्ने गरी राधाकृष्ण कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ।
दुई स्पान रहेको उक्त बक्स कलभर्ट यही बैशाखमा सम्पन्न गरिने निर्माण कम्पनीका संचालक गोपाल अधिकारीले जानाकरी दिएका छन्।












