Kathmandu Press

मानव बेचबिखन रोक्न अन्तरदेशीय संयन्त्र निर्माणमा जोड

माइती नेपालले यहाँ आयोजना गरेको मानव बेचबिखनविरुद्धको कार्यशालामा दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखनविरुद्धको लडाइँका लागि अन्तरदेशीय संयन्त्र निर्माण अहिलेको आवश्यकता भएको बताए। 
मानव बेचबिखन रोक्न अन्तरदेशीय संयन्त्र निर्माणमा जोड

नेपालगन्ज, पुस १५ :  नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुले मानव बेचबिखन रोकथामका लागि अन्तरदेशीय संयन्त्र निर्माणमा जोड दिएका छन्। 

माइती नेपालले यहाँ आयोजना गरेको मानव बेचबिखनविरुद्धको कार्यशालामा दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखनविरुद्धको लडाइँका लागि अन्तरदेशीय संयन्त्र निर्माण अहिलेको आवश्यकता भएको बताए। 

Hardik ivf

उहाँहरुले मानव बेचबिखन दुवै देशको साझा समस्या भएकाले त्यसको रोकथामका लागि स्थानीयस्तरदेखि नै दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार, गैरसरकारी सङ्घसंस्थाबीचमा मानवबेचबिखनविरुद्धको कामका लागि प्रभावकारी संयन्त्र आवश्यक हुने र सो संयन्त्रले दुई देशबीच सही सूचना आदानप्रदान हुनाका साथै पीडितको उद्धार तथा बेचबिखन हुनबाट रोकथाम गर्न सकिने सरोकारवालाले बताए। 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले खुल्ला नाकाका कारण मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण रहेकाले दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार र सङ्घसंस्था मिलेर अघि बढ्नुपर्ने बताए। 

बाँकेका प्रजिअ सूर्यबहादुर खत्रीले मानव बेचबिखनको मुद्धा दुई देशको अन्तरदेशीय सुरक्षा अधिकारीको बैठकमा प्रमुख रुपमा उठ्ने गरेको जानकारी दिँदै यो समस्या दुवै देशको साझा भएकाले चनाखो हुनुपर्नेमा जोड दिए। उनले मानव बेचबिखन भारतमा मात्रै नभएर भारत हुँदै तेस्रो मुलुकमा समेत भइरहेकाले भारतले यस विषयमा सहयोग गर्नुपर्ने उल्लेख गरे। 

भारतको एसएसबी ४२ नं बटालियनका कमान्डेड तपनकुमार दासले मानव बेचबिखन रोकथामका लागि ह्वाट्सअप समूह बनाएर प्रभावकारी रुपमा काम गर्न सकिने बताए। उनले यो विषय विद्यालयस्तरमा मानवबेचबिखनविरुद्ध अध्यापन गराउनुपर्नेमा जोड दिए। माइती नेपालका प्रमुख केशव कोइरालाले मानव बेचबिखनको काम कसरी भइरहेको छ भन्ने विषयमा जानकारी दिएका थिए।

प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्