Kathmandu Press

रहेनन् वरिष्ठ पत्रकार श्रेष्ठ

लामो समयदेखि क्यान्सरको उपचारमा रहेका श्रेष्ठको काठमाडौंको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो।
रहेनन् वरिष्ठ पत्रकार श्रेष्ठ

काठमाडाैं, पुस १५ : वरिष्ठ पत्रकार मनीन्द्रलाल श्रेष्ठको निधन भएको छ।

लामो समयदेखि क्यान्सरको उपचारमा रहेका श्रेष्ठको काठमाडौंको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो।

पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस) मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गरेका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा छन्।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, पुस १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्