Kathmandu Press

भाटभटेनीलाई साढे दुई लाख जरिवाना

भाटभटेनीलाई साढे दुई लाख जरिवाना

बागमती, पुस १४ : जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा  रहेको  भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा दुई लाख ५० हजार जरिवाना गरेको आज जनाएको छ।

कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन  तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको  पाइएपछि कारवाही गरिएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासी अनुगमनमा गर्दा  उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको सहायक प्रजिअ कँडेलले बताए।

प्रकाशित मिति: २०:२२ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्