Kathmandu Press

बिपी प्रतिष्ठानका रजिस्ट्रार र निर्देशक मन्त्रालयले सोध्यो स्पष्टीकरण

उनीहरू तीनैजनालाई २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ।
बिपी प्रतिष्ठानका रजिस्ट्रार र निर्देशक मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं, पुस १४ : गत मंगलबार सम्पन्न मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा उपस्थित नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकलाई स्पष्टीकरण सोधेको छ।

मन्त्रालयले काठमाडौको महाराजगन्जस्थित बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देशकलाई स्पष्टीकरण सोधेको छ। उनीहरू तीनैजनालाई २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ।

Hardik ivf

आर्थिक वर्ष २०७९–८० को प्रथम त्रैमासमा सञ्चालित विकास कार्यक्रम र आयोजनाहरुको समीक्षा गर्न गत मंगलबार उपसमितिको बैठक बोलाइएको थियो।

पत्रमा भनिएको छ,  ‘उपसमितिजस्तो महत्वपूर्ण बैठकमा केकति कारणले उपस्थित हुन नसकेको हो? सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउन मन्त्रालयको सचिव स्तरको निर्णयअनुसार जानकारी गराइन्छ।’ 

हेर्नुहोस् पत्र

bplai-prastikaran-768x7461672311050.jpg

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्