Kathmandu Press

ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ

नेकपा एकीकृत समाजवादीका तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुन्।
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ

काठमाडाैं, पुस १४ : मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई आज शपथ गराएका हुन्।

नेकपा एकीकृत समाजवादीका तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुन्। 

Hardik ivf

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।

ज्येष्ठ सदस्य न्यौपानेले भोलि (शुक्रबार) बाँकी प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ।

शपथग्रहणपछि ज्येष्ठ उहाँले संविधानको व्यवस्थानुसार अर्को व्यवस्था नभएसम्म आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए। 

प्रकाशित मिति: १५:५२ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्