Kathmandu Press

नयाँ सरकारबाट व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास

नयाँ सरकारबाट व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास

काठमाडौं, पुस १४ : देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ ।

महासङ्घको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारले समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण गर्दै व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको हो ।

Hardik ivf

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ मन्त्रीको कार्यकालमा समयानुकुल व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘नयाँ सरकारको पालामा यातायात व्यवसायीले देशभर नियमित र व्यवस्थित रुपले उपभोक्तामुखी सेवा दिन अभिप्रेरणा मिल्नेछ,’ उनले भने। आगामी दिनमा महासङ्घ र मन्त्रालयबीचको सम्बन्ध प्रगाढ हुने विश्वाससमेत महासङ्घले लिएको छ ।

भेटमा नवनियुक्त उपप्रधानमन्त्री तथा यातायातमन्त्री श्रेष्ठले जनतामुखी सेवा प्रवाह गर्न यातायात व्यवसायी लाग्नुपर्ने बताए। यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय लाग्ने उनको भनाइ छ। 

प्रकाशित मिति: १५:३८ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्