Kathmandu Press

कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गौरीगङ्गा, पुस १४ : कैलालीमा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । 

गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगङ्गा–४ बस्ने  २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो । 

चौधरीलाई गाडीको बिचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए। 

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्