Kathmandu Press

मनाइयाे स्वर्गीय राजा वीरेन्द्रको ७८औं जन्मजयन्ती

बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो। स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन ललितपुरको जावलाखेलस्थीत शालिकमा राजसंस्थामा आस्था राख्नेहरुले माल्यार्पण गरेका थिए।
मनाइयाे स्वर्गीय राजा वीरेन्द्रको ७८औं जन्मजयन्ती

काठमाडाैं, पुस १४ : तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७८औं जन्मजयन्ती बिहीबार उनको सम्झना गरी मनाइएको छ।

बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो। स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन ललितपुरको जावलाखेलस्थीत शालिकमा राजसंस्थामा आस्था राख्नेहरुले माल्यार्पण गरेका थिए।

२०२८ सालमा नेपालको राजा बन्नुभएका विरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो। त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ।

इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रवार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो।

तत्कालीन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ। 

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, पुस १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्