Kathmandu Press

जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन्।
जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं, पुस १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्। 

यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा उनीहरुलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०७:३३ बजे, बिहीबार, पुस १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्