Kathmandu Press

पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्छ : सहमहामन्त्री पाण्डे

पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्छ : सहमहामन्त्री पाण्डे
Hardik ivf

काठमाडाैं, पुस १३ : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने बताएका छन।

कांग्रेस संस्थापन इतर समूहको आज काठमाडौँमा बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले पार्टी पङ्क्ति र जनतामा निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए। उनले कांग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्नेबारेमा सोच्नुपर्ने बेला आएको उल्लेख गरे।

कांग्रेसका अर्का सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्यरुपमा कांग्रेसले लिन नमिल्ने बताए। उनले कांग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको उल्लेख गरे। उनले राजनीतिकरुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरङ्गीत बनेको बताए।

प्रकाशित मिति: २०:५१ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्