Kathmandu Press

सेना र सञ्चार क्षेत्रको भूमिका अन्योन्याश्रित छ : सेना

सेना र सञ्चार क्षेत्रको भूमिका अन्योन्याश्रित छ : सेना

काठमाडाैं, पुस १३ : नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीले आजदेखि सम्हालेका छन। झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।

एक वर्षअघि प्रवक्तामा नियुक्त भएका निवर्तमान प्रवक्ता नारायण सिल्वालले उनलाई कमाण्ड बरबुझारथ गरी जिम्मेवारी हस्तान्तरण गरे। जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा  सेना र सञ्चार क्षेत्रको कार्य जिम्मेवारी फरक भए पनि दुवैको उद्देश्य राष्ट्र र राष्ट्रवासीको कल्याणको खातिर रहेको बताए।

Hardik ivf

उनले भने, 'सेना र सञ्चारमाध्यमबीचको सम्बन्ध थप प्रगाढ तुल्याउन र सेनाले गरेका काम कारबाहीलाई समयमै सूचना उपलब्ध गराई उद्देश्यअनुरुप निर्देशनालयले काम गर्दैआएको छ।'

निवर्तमान प्रवक्ता सिल्वालले राज्यको चौथो अङ्गका रुपमा रहेकोे प्रेस जगको निष्पक्ष र वस्तुगत रिर्पोटिङ सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न तथा सङ्गठनलाई मर्यादा र कर्तव्यबाट विचलित हुन नदिने विश्वास व्यक्त गरे।
 
उनले भने, 'सेना र प्रेस कार्य प्रकृतिका हिसाबले भिन्न कार्यक्षेत्र, परिधि, मान्यता र सिद्धान्त भए पनि समृद्ध, अखण्ड र शान्त राष्ट्रनिर्माणका लागि दुवैको भूमिका र जिम्मेवारी अन्योन्याश्रित छ।' सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति: १८:२६ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्