Kathmandu Press

पोखरामा रात्रिकालीन उडान थालिने

पाेखरामा पहिलाेपटक रात्रिकालीन उडान सेवा सुरू गर्न  लागिएकाे हाे। 
पोखरामा रात्रिकालीन उडान थालिने

काठमाडौं, पुस १३ : पोखरामा रात्रिकालीन उडानको थालनी हुने भएको छ। काठमाडौं-पोखरा रुटमा रात्रिकालीन उडान हुन लागेको हो।

सन् २०२३ जनवरी १ देखि पोखराको उडान नयाँ विमानस्थलबाट हुँदैछ। सोही नयाँ विमानस्थलबाट बुद्ध एयरले जनवरी २३ देखि रात्रिकालीन उडान गर्न लागेको हो। पाेखरामा पहिलाेपटक रात्रिकालीन उडान सेवा सुरू गर्न  लागिएकाे हाे। 

Hardik ivf

बुद्ध एयरलगायत अन्य कम्पनीहरूले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने समेत जनाएको छ। गुण एयरलाइन्सले पनि पोखराबाट क्षेत्रीय विमानस्थलहरूमा उडान थाल्ने बताएको छ।

अत्याधुनिक सुविधा सम्पन्न पूर्वाधार रहेका कारण यो विमानस्थलबाट उडान सहज र सुरक्षित हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्