Kathmandu Press

आँखा शिविरबाट तीन सय सात लाभान्वित

आँखा शिविरबाट तीन सय सात लाभान्वित

डडेलधुरा, पुस १३ : स्थानीय गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन् ।     

वडा नं स्थित ४ कैलपालमाण्डौ स्वास्थ्य चौकीमा वडा नं ४ र ५ को आर्थिक सहयोग र नेपाल नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पताल र जिल्लास्थित आँखा अस्पतालको प्राविधिक सहयोगमा मङ्गलबार एकदिने शिविर आयोजना गरिएको थियो । 

Hardik ivf

आँखाको उपचार गराउन जिल्ला सदरमुकाम डडेल्धुरालगायत अन्य अस्पताल जान नसक्ने ज्येष्ठ नागरिक तथा आर्थिक अभावले उपचार गर्न नसक्ने स्थानीयवासीले गाउँमै राखिएको निःशुल्क शिविरबाट सेवा लिएका हुन् । 

शिविरमा उपचार गराउनेहरुको भीड लागेकाले अब चाँडै गाउँपालिकाभित्र शल्यक्रियासहित आँखाको उपचार गराउन शिविर  आयोजना गरिने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए। आर्थिक अवस्था कमजोर भएका लक्षित समुदाय र ज्येष्ठ नागरिक तथा असहायका लागि शिविर आयोजना गरी सेवा प्रदान गरिने उनले बताए। आँखाको उपचार मात्रै नभई अन्य दीर्घ रोगको औषधोपचारका लागिसमेत गाउँपालिका भित्रै शिविर आयोजना गरी स्थानीय सर्वसधारणलाई सेवा प्रदान गरिने उहाँको भनाइ थियो । 

वडावासीहरुको समस्या पहिचान गरी शिविर आयोजना गरिएको वडाध्यक्ष नरेशकुमार भट्टले बताए। उक्त गाउँपालिकाजस्तै जिल्लाका अन्य क्षेत्रका महिलामा पाठेघरको समस्या, आँखासम्बन्धी समस्या, दीर्घ रोगी  र अन्य समान्य तथा जटिल प्रकृतिका रोगीका लागि पनि शिविर आयोजना गर्नुपर्ने स्थानीयवासीको माग थियो । 

शिविरमा चिकित्सक डा मुकेश पाण्डेयसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो।  

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्